(हराउनु खोज्नु र फेरि भेटनु नै हाईकिङ्ग हो – हाईकिङ्ग बाबा)

सेवक अभियानको डेढ शताब्दी (१५०औ) पदयात्रा चैत १४ गते शनिबार शिक्षाको लागि पदयात्रा को नारा सहित सम्पन्न भयो।

२०७२ साल साउन ४ गते प्रखर वक्ता पब्लीक स्पीकर बिजेता रमेश प्रसाईको प्रमुख अतिथ्यमा सेवक अभियान संस्थाको स्थपना भएको थियो। सामाजिक कार्यमा सकृय रहने उदेश्यले सुरु भएको सेवक अभियानले स्वास्थ्य, शिक्षा, पर्यटन, वातवरण र सामजिक क्षेत्रमा कार्य गरिरहेको छ। स्वास्थ्य र पर्यटन को लागि पदयात्रा हाईकिङ्ग स्वास्थ्य शिविर पर्यटकीय क्षेत्रमा हाईकिङ्ग, शिक्षाको लागि दुर्गम क्षेत्रका बिद्मार्थीको लागि बिद्मालय पोषाक शैक्षिक सामाग्री बितरण, वातावरणको क्षेत्रमा सार्बजानिक स्थलमा हरेक सोमबार सरसफाई, सामाजिक कार्यमा स्वयम् सेवक भोलेन्टीयर को काम गर्दै आएको छ।

लाहुरे बन्न मात्र तन्देरी हिडनु पर्छ दौडिनु पर्छ भन्ने धराने लाई सबै उमेर समुहले स्वास्थ्यको लागि पदयात्रा हाईकिङ्ग हिडनु पर्छ भन्ने उदेश्य ले २०७४ साल भदौ ३१ गते तत्कालिन धरान उपमहानगरपालिका का मेयर स्व. तारा सुब्बा र बर्तमान उपमेयर मन्जु भण्डारी को सहभागितामा सेवक अभियानको पहिलो स्वास्थ्यको लागि पदयात्रा हाईकिङ्ग सुरु भएको थियो। प्रत्येक हप्ता को शनिवार पदयात्रा हुँदै आईरहेको छ। प्रदेश न. १ का सभामुख माननीय प्रदिप भण्डारी संघिय संसद मा. जयकुमार राई प्रदेश संसदहरु धरान उपमहानगरपालिका का मेयर तिलक राई विभिन्न संघ संस्थाहरु को अध्यक्ष प्रतिनिधीहरु, डक्टर र धरान बासीले पदयात्रमा सहभागी जनाई रहेका छन। सेवक अभियान का अध्यक्ष राजिव हलुवाई हाईकिङ्ग बाबा को उपनाम ले पनि चर्चित छ्न।

शिक्षाको लागि डेढ शताब्दी ( १५०औ) पदयात्रा चैत १४ गते सरस्वती बाल आश्रम धरान ३ का अध्यक्ष दान ब. राई सहित आश्रमका विद्मार्थीहरु को सहभागितामा बिहान ६:०० बजे सिहं देवी चोक देखि सुरु भै गौधारा, आईताबारे मन्दीर, पिण्डेश्वरी, बुढासुब्बा, बिजयपुर जगल, घण्टी बज्ने रुख, भत्ताभुङ्गे दरवार, पन्चकन्या मन्दीर, पन्चकन्या रिर्सोट, अमरहाट चोक, हातिसर क्याम्पस, तिनधारे हुँदै पुन सिहं देवी चोकमा २१ हजार ७२ पाईला, ११ कि. मि, ५ घण्टाको पदयात्रा पछि (१५० औ) डेढ शताब्दी को समापन्न भएको थियो। पदयात्रामा सरस्वती बाल आश्रमका विद्मार्थी लाई विभिन्न पर्यटकीय ठाउँ मठमन्दीर को बारेमा सेवक अभियानका अध्यक्ष राजिव हलुवाई जानकारी दिनुभएको थियो।

बिजयपुर जंगलमा पदयात्राको क्रममा एक टोली केही समय छुटेको र पुन भेट भए पछि को प्रसंगमा राजिव हलुवाई ले हाईकिङ्ग को नयाँ परिभाषा सुनाए “हराउनु खोज्नु र फेरि भेट्नु” नै हाईकिङ्ग हो। यात्राकै क्रममा सेवक अभियन्त राम कु. तामाङ्ग ले बिद्मार्थीहरु लाई तपाईं हरु छात्र जति पक्का हिरो छात्रा जति पक्का होरोइन तर फिलिम को भने हैन ! पढाइ को भन्दै बिद्मार्थी हरु लाई पदयात्रामा हिडन उत्साहित गरि रहे। बिद्मार्थी हरु ले बिद्मालय कलेजमा सिकेको सिकाई भन्दा फरक शिक्षा हासिल गरेको बताउदै घण्टी बज्ने रुख चाहिँ पहिलो पटक हेरेको बताए। उक्त रुख पन्चकन्या मन्दीर देखि पुर्ब मा अबस्थीत रहेको छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap