धरान, १२ कार्तिक। सेवक अभियान धरानले च्यारिटि हाइकिङ (Charity Hiking) साथै पोसाक र शैक्षिक सामग्री हस्तान्तरण गर्ने भएकोछ।यहि मिति २०७८ कार्तिक २७ गते शनिवार धनकुटा, उत्तरपानीस्थित सुस्त मनस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई न्यानो वस्त्र र शैक्षिक सामग्री प्रदान गर्ने भएको सेवक अभियानका अध्यक्ष राजिव हल्वाईले बताउनु भयो।

गत वर्षझै यस वर्ष पनि व्यापक हाइकिङ गरिने योजना सङ्गै केहि सामाजिक कार्य गर्ने निर्णय गरेको हुँदा उक्त कार्यक्रम समेत गरिने अध्यक्ष हल्वाईले एभरेष्ट डेल्लीलाई जानकारि दिनुभयो।प्रकृतिसङ्ग नजिक हुन र कोरोनाको महामारिले ग्रसित अवस्था बाट पुनर्लाभ लिने सो कार्यक्रमको उदेश्य रहेकोछ।

NATURE THERAPY CHARITY HIKING
२०७८ कार्तिक २७ गते शनिबार
एक दिने

समय तालिका
प्रस्थान : ५:३० बिहान (सिंहदेबी चौक)
धरान र चतरा बसयात्रा
बोट स्टाण्ड स् ६:३० बिहान (चतरा घाट)
६:३० देखि ७ बजेसम्म चियानास्ता
७ बजेदेखि ७:३० सिम्ले जेटबोट यात्रा
७:३० देखि ८ बजेसम्म पदयात्रा
८ देखि १० सम्म सानो गाडीमा यात्रा
अखुवाटार देखि छिन्ताङ्ग सम्म
१० बजेदेखि ११ बजेसम्म दर्शन र भ्रमण
११ देखि १ खाना र अतिथि सत्कार
१ देखि २ बजेसम्म छिन्ताङ्ग र उत्तरपानी
सवारी साधनको यात्रा
२ बजे देखि ३ सम्म सुस्त मनस्थिति श्रोत कक्षा उत्तरपानीमा स्वेटर र अन्य बितरण
३ बजेदेखि ४:३० सम्म उत्तरपानी को पार्क , बक्रकुण्ड धार्मिक स्थल भ्रमण गर्दै हिले सम्म पदयात्रा
४:३० बजेदेखि ६ सम्म हिलेमा खाजा
६ बजेदेखि ८:३० हिले र धरान बसयात्रा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x