धरान । सेवक अभियनले २४ औ हप्ता नियमित सरसाफाई अभियान अन्तर्गत धरान -१५ मा रहेको खत्रीधारा शवदाह क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न् गरेको छ।

स्वास्थ्यको लागि पदयात्रा भन्ने मुल नाराका साथ स्थापना भएको सेवक अभियान धरान ले हरेक सोमबार “waking with cleaning” अन्तर्गत चैत ९ गते सोमबार धरानको एक मात्र शवदाह गर्ने स्थान खत्री धारा क्षेत्रमा सरसफाई कार्य सम्पन्न गरिएको छ। उक्त कार्यक्रम मा झिगु समाजका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार साथै धरान उपमहानगरपालिका का नगर प्रहरीहरुको सहभागिता रहेको थियो।

“स्वच्छ धरान, स्वस्थ्य धारान” का लागि सेवक अभियान निरन्तर अगाडि बढेको कुरा सेवक अभियान का अध्यक्ष राजिव हलुवाई ले बताउदै दाहासंस्कार गर्न जादा मलामी को सहजता को लागि पिउने पानी सुपथ मुल्यमा सेवक अभियान बाट उपलब्ध गराउने ( १२ पिस बोतल रहेको काटुन को रु १२०) पर्ने जानकारी दिनु भयो।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap