फागुन ८ पाँचथर जिल्ला तुम्वेवा गाँउपालिकामा रहेको ३९ वटा सामुदायिक बिद्मालयमा अध्यानरत बिद्मार्थी हरु लाई सेवाक अभियान द्वरा न्यानो बस्त्र बितरण कार्यक्रम सम्पन्न भएको छ।

सेवाक अभियान र तुम्वेवा गांउपालिका को संमायोजनमा ३९ वटा सामुदायिक बिद्मालयमा अध्यानरत १७५१ बिद्मार्थीहरु लाई स्कुल पोसाक स्वेटर ईन्द्रेणी मा.वि. को प्राङ्णमा सबै बिद्मालयको प्र. अ. हरु को उपस्थीतिमा स्वेटर बितरण गरिएको थियो। सबै बिद्मालयको बिद्मार्थीहरु उपस्थीती हुन सम्भव नरहेकोले सम्बन्धीत बिद्मालयको प्र.अ.हरु लाई स्वेटर प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै तुम्वावे गाँउपालिकाका अध्यक्ष होमनाथ थापाले सेवक अभियान प्रती आभार प्रकट गर्दै राजनिती क्षेत्रभन्दा बाहिर रहेर पनि ठुला ठुला परिवर्तन र सामजिक क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सकिने उदाहरण सेवाक अभियान रहेको बताउनु भयो।

बिद्मार्थी लाई स्वेटर बितरण पछि कार्यक्रममा बोल्दै सेवक अभियानका अध्यक्ष राजिव हलुवाई ले सेवक अभियान धरानमा मात्र सिमित नभै प्रदेश न.१ हुँदै देशै भरी सेवक अभियान लाई पुर्‍याउने उदेश्य रहेको प्रष्ट पर्दै गाँउमा रहेको सामुदायिक बिद्मालयमा आर्थिक अबस्था कमजोर बिद्मार्थीहरु हुने गरेको र सामुदायिक बिद्मालयमा बिद्मार्थी को आकर्षण बढाउन पनि यो क्षेत्र मा यो कार्य गरेको बताउदै न्यानो बस्त्र बितरण कार्यक्रम मा सेवाक अभियान मार्फत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सहयोगी हातहरु लाई कृतज्ञता प्रकट गर्नु भएको थियो।

उक्त कार्यक्रममा कार्यकारी अधिकृत दिपेन्द्र दाहाल, शिक्षा अधिकृत कमल थापा, बिद्मालय व्यावस्थापन समिती का पदाधिकारी बिद्मालय का प्र.अ.,शिक्षक, शिक्षिका, अभिभावक र बिद्मार्थी को उपस्थिती रहेको थियो। कार्यक्रम को संमायोजन मेघानाथ थापा र कमल गोयलले गर्नु भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x