धरान । नेपाली कांग्रेस निकट सुवेच्छुक संस्था स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र स्यानिटाईजर वितरण गरेका छन् ।

स्कुल अफ डेमोक्रेसी धरान नगर समितिकी अध्यक्ष सुविक्षा राईले नेपाल पत्रकार महासंघका अध्यक्ष जनकशऋषि राईलाई आज २० हजार रुपैयाँ बराबरको मास्क र स्यानिटाईजर हस्तान्तरण गरेका हुन् ।

नगर अध्यक्ष सुविक्षा राईले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीमा अग्रपंक्तिमा खटिने हुनाले पत्रकारहरुलाई महामारीबाट जोगिनका लागि मास्क र स्यानिटाईजर सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार २५ सय पोका मास्क र २० लिटर स्यानिटाईजर वितरण गरिएको हो । आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने उहाँले बताउनुभयो ।

स्कुल अफ डेमोक्रेसी सुनसरीका अध्यक्ष दोर्ची शेर्पाले यस्तो संवेदनशील अवस्थामा राज्यको चौथौ अंगको रुपमा रहेको पत्रकाहरुले आफ्नो पेशाबाट विचलित नभई सुरक्षित तवरबाट समाचार सूचना प्रवाह गर्न सकुन भनेर नगर समितिले मास्क र स्यानिटाईजर वितरण गरेको बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईले यस्तो विषम परिस्थितिमा महासंघलाई मास्क र स्यानिटाईजर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सुनसरीमा हालसम्म १२ जना पत्रकारहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभयो । सुनसरीका धरान, ईटहरी, इनरुवा, दुहवी, बराहक्षेत्र, रामधुनी, हरिनगर, कोशी गाउँपालिका लगायतका स्थानमा गएर सञ्चारकर्मीहरुलाई मास्क, स्यानिटाईजर वितरण गरिने अध्यक्ष राईले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap