धरान । मोरङको विराट शिक्षण अस्पतालका चिकित्सक र हेल्थ असिस्टेन्टमाथि सोमबार राति आक्रमण भएको छ ।

आकस्मिक कक्षमा ल्याइएका दुर्घटनाका घाइतेको उपचार गरिरहेका चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि आक्रमण भएको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए । उनका अनुसार आक्रमणबाट दुवै जनाको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैजनाको विराटमै उपचार भइरहेको छ ।

बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा। रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीले जनाएका छ । चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालमा भागदौड मच्चिएको थियो ।

आक्रमण र कुटपिट सुरु हुनुभन्दा केही बेरअघि मात्रै बूढीगंगा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । मधुमेहको पुरानै समस्या रहेकी उनी थप बिरामी परेपछि परिवारका सदस्य र आफन्तले उपचारका लागि ल्याएका हुन् । उनको उपचारमा ढिलाई गरिएको भन्दै चिकित्सक र हेल्थ असिस्टेन्टमाथि आक्रमण गरिएको जानकारी अस्पतालले दिएको छ ।

अस्पतालले चिकित्सकमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न नगेन्द्र श्रेष्ठ लगायतका केही व्यक्ति अझै फरार छन् । फरार रहेकाहरुको खोजी गर्दै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x