काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने मनशायले हिजो स्पष्टीकरण सोधेपछि माधव कुमार नेपाल पक्ष अदालत जाने भएको छ । स्रोतकाअनुसार नेपाल पक्षका सांसदहरुले आफूहरुमाथि बिना कारण कारबाही गर्न लागिएको भन्दै त्यो कारबाही रोक्नको लागि आज अदालत जान लागेका हुन् ।

यसअघि उनीहरु कानून व्यवसायीहरुसँग छलफलमा बसेका थिए । अध्यक्ष ओलीले हिजोमात्रै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसद गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । उनले ती सबै सांसदहरुलाई व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेर ‘तपाईलाई कारबाही किन नगर्ने ?’ भनेर सोधेका थिए ।File Photo/ReportersNepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap