पुष ३०। पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत बताउँछन् । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ।

चिकित्सकहरुका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।अस्पताल भर्ना भएका अधिकांश संक्रमितले दुवै डोज खोप लगाएका पनि पाइएको छ ।

खोपको एन्टिबडी घट्दै गएको तथा नेपालमा प्रयोग भएको खोपको प्रभावकारीता कम भएकाले पुन संक्रमण देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।हाल वीर अस्पतालमा ५३ जना संक्रमितको उपचार जारि छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ । तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने डा. बस्नेतले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x