(✒रोहित राई) उपचार गर्दा गर्दै बिरामी को निधन भए पछि डाक्टर बिरुद्व आन्दोलन हुने देश, प्रहरी लाई ढुङ्गा र इटा हान्न राजनिती संस्कार ले सिकाएको देशको नागरिक म ! सोच्ने गर्थे डाक्टर ले साचिकै मान्छे मार्छन कि ? साचिकै प्रहरी लाठी चार्ज गर्न कै लागि पो हो कि ? यो कुरा झुटो रहेछ। राजनिती फोहोरी संस्कार समाजमा रुपान्तरण हुँदै मेरो सोचमा हावी भएको मात्र रहेछ।


स.न. २०१९ मा चिनको बुहान सहर मा पहिलो पटक कोभिट – १९ भाईस देखा परे सगै सुरुवात भयो। यस भाइस ले विश्व माहामारी को रुप नै लियो जब नेपाल मा पनि बि स २०७६ साल को अन्तिम तिर अष्टेलिया बाट आएकी १९ बर्षे युवतीमा कोभिट -१९ को संक्रमण फेला पर्‍यो। जनजिवन त्रसित हुन थाल्यो चीन को बुहान सहर, इटाली, युके, अमेरिका को काहाली लाग्दो संचार माध्यम र सामजिक संजाल को दृश्य ले हामी मानसिक रुपमा कमजोर भै सकेका थियौ। नेपालमा पनि करिब पहिलो पटक लकडाउन समाना गर्नु पर्‍यो। बि स २०७६ चैत ११ गते बाट देशमा पुर्ण लकडाउन को घोषणा भयो।


संसारका सजिव प्राणी लाई कैद गर्न सक्ने मानव जाती पहिलो पटक सुस्मा भाईरसका कारण कोठामा नै बन्दी हुनु पर्‍यो। परिवार को दवाब का कारण नै कति व्यक्ति घर बाहिरा निस्कीएन्न तर स्वास्थ्य कर्मी र नेपाल प्रहरी भने जनता को उपचार र सुरक्षा को लागि आफ्नो ज्यान को बाजि राखेर कोभिट -१९ बिरुद्व को अग्रिम मोर्चा मा लडिरहे त्यही बेला मेरो सोचमा हावी भएको गलत प्रविती को अन्त्य भयो। देशका विभिन्न ठाँउमा स्वास्थ्य कर्मी लाई डेरा बाट निकाला पनि गरियो गाउँ टोलमा बहिष्कार पनि गरियो। प्रहरी माथी आक्रमण पनि भयो सामाजिक संजाल मार्फत गाली पनि गरियो यो कुरा ले राष्ट सेवक हरु लाई खासै वास्ता भएन संक्रमित लाई कसरी बचाउने र जनस्तर मा संक्रमण फैलन नदिन नै मुख्य जिम्मेवारी मा तलिन रहे।


हस्पीटलमा गएर डाक्टर लाई मेरो बिरामी छिटो हेर नत्र जागिर खाईदिन्छु पनि भनियौ। मेरो बिरामी तल माथी भयो भने आगो लगाई दिन्छौ पनि भनियौ, मेरो बिरामी हेरिएन किन ? मेरो बिरामी लाई बेड खै ? मेरो बिरामी लाई अक्सिजन खै ? मेरो बिरामी लाई भेन्टिलेइटर खै ? नेता को शोस लगाउने प्रयास गरीयो। यी सबै सेवा सुबिधा दिने काम राज्य र हस्पीटल संचालक को काम हो डाक्टर ले त भएको सेवा सुबिधा प्रयोग गरेर उपचार गर्ने मात्र हो। हामी ले राज्य र हस्पीटल संचालक संग कहिले यो प्रश्न गरियौ ? गरिएन एउटा नेता लाई प्रधानमन्त्री, मन्त्री बनाउन लाठी खाईयौ, ढुङ्गा हानियौ, प्रहरी मारियौ, एम्बुलेन्स जालायौ, हस्पीटल तोडियौ र डाक्टर कुटियौ। त्यसको परिणाम आज अक्सिजन नपाएर बेड नपाएर मर्दैछौ।


लकडाउनमा प्रहरी को लागि भित्र बस्दीने माक्स लगाई दिने जस्तो गरियौ र प्रशासन को आदेश उल्घन गरे पछि प्रहरी बल प्रयोग पनि भयो। त्यसलाई ठूलो यसु बनायौ र प्रहरी लाई गलत चित्रण गर्न खोजियो। राष्ट्र र जनता को हित मा आदेश पालना गर्ने मात्र हो राष्ट्र सेवक प्रहरी ! हामी हाम्रो सुरक्षा र संक्रमण बाट बाच्ने उपाय तिर लागेनौ। हाम्रै खातिर हामी लाई बचाउन अग्रपक्तिमा लड्ने प्रहरी लाई निशाना बनाई रहियौ। हामी पनि सकरात्मक बन्न जरुरी छ।


अहिले पनि देश पुर्ण लकडाउन छ कोभिट -१९ को दोस्रो लहर ले मुलुक आक्रान्त छ। स्वास्थ्य कर्मी र प्रहरीहरु परिवार, बृद्वा बा आमा, दुधे बाल बच्चा आफ्नो ज्यान को प्रवाह नगरी भोक तिर्खा नभनी कोभिट बिरुद्व अग्र मोर्चा मा हुनु हुन्छ एक नेपाली नागरिक र यो पंक्ती कार को तर्फ बाट सलाम छ।


धेरै सुनिन्छ प्रहरी ले बाइक को चाबी खोस्यो माक्स नलगाउदा कर्बाही गर्‍यो। बिहान हिड्दा उभाईयो। बिना काम लुखुर लुखुर हिड्दा लाठी हानियो। यो प्रहरी को रहर होर ? भलै कुनै बखत इमरजेन्सी हिडेको व्यक्ती पनि पर्नु भयो होला त्यो गलत व्यक्ती को कारण पर्नु भयो प्रहरी को कारण हैन। कुनै घटना प्रहरी को गल्ती पनि भयो होला हिड्ने मान्छे लड्छ र गर्ने मान्छे ले गल्ती पनि गर्छ। प्रहरी तातो घाम भोक तिर्खा हाकिमको कासन ले पनि मुस्कान दिन र नरम बोल्न नसकिरहेको हुन्छ। त्यो परिस्थीती आम जनता ले पनि बुझ्नु पर्ने हुन्छ। प्रहरी को पनि गलत कार्य हरु लाई सुधार गर्नु पर्दछ।


कोरोना लाग्यो रे कोरोना ले मृत्यु भयो रे ! सुन्दै हामी डराउछौ आतंकित हुन्छौ। संक्रमित हो भन्ने थाहा भए पछि १ कि.मि. टाढा नै डराउछौ तर स्वास्थ्य कर्मी ले संक्रमित लाई उपचार गरेर कोरोना मुक्त बनाउछ्न। आफ्नो ज्यान भन्दा पनि पेशा र जिम्मेवारी प्रधान ठान्छ्न। कुनै बेला अनिधो भोक प्यास बिरामी को तनाव मा डाक्टर नर्स हरु को बोली कडा हुन सक्छ बिरामी कुरुवाको पनि बिरामी को तनाव मा आक्रोश हुन स्वाभाबिक हो। दुबै पक्ष ले समझौता गर्नु पर्छ स्वास्थ्यकर्मी हरु को पनि गलत कार्य भए सुधार गर्नु पर्दछ।
हामी नागारीक को अधिकार हो उपचार र सुरक्षा पाउनु। राज्य को कर्तव्य हो दिने स्वास्थ्य कर्मी र प्रहरी राज्य को प्रतिनिधि हुन। जनताको पनि गल्ती होलन सुधार गर्नु पर्दछ। कोभिट -१९ बिरुद्व को लडाईमा अग्रस्थानमा रहेका स्वास्थ्य कर्मी र नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना लाई नेपाली जनता ले साथ दिएर कोरोना भाईरस लाई परास्त गरौ। स्वास्थ्य रहौ घरमै बसौ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x