धरान । स्व. लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितीको संयोजनमा चैत १० बाट सुरु भएको लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ प्रथम, बोद्धित डिसी दोस्रो, राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए भने लेडिज सिंगलतर्फ दिक्षा दाहाल प्रथम, गिता भुजेल दोस्रो, मारिया थापामगर र प्रकृति राना तेस्रो भईन् । मेन्स र लेडिज सिंगल प्रथम हुनेले ट्रफि र मेडल सहित नगद २०÷२० हजार रुपैयाँ पाए भने दोश्रोलाई ट्रफि र मेडल सहित नगद १०/१० हजार रुपैयाँ र तेश्रो हुने दुईजनालाई ट्रफि र मेडल सहित नगद ५/५ हजार रुपैयाँ हात पारे ।

यस्तै अण्डर १९ ब्वाईजतर्फ बोद्धित डिसी प्रथम, हिमाल विष्ट दोस्रो, नम्साङ राई र सिद्धार्थ तामाङ तेस्रो भए भने ग्रल्र्सतर्फ दिक्षा दाहाल प्रथम, मारिया थापामगर दोस्रो, अन्जली ठाकुर र समृद्धि लुइटेल तेस्रो भईन् । भेट्रान सिंगलतर्फ राजेश भण्डारी प्रथम, चन्दन शाही दोस्रो, विकेन थापा र राजन सुब्बा तेस्रो भए । जुनियर सिंगल, जुनियर गल्र्स र भेट्रान सिंगलतर्फ प्रथमले ट्रफि र मेडलसहित नगद १५/१५ हजार, दोश्रो हुनेले ट्रफि र मेडल सहित जनही ७ हजार ५ सय रुपैयाँ र तेश्रो हुने दुईजनाले ट्रफि र मेडल सहित ३५/३५ सय रुपैयाँ पाउन सफल भए ।

यस्तै अण्डर १५ ब्वाईज सिंगलमा समिर खत्रि प्रथम, सिद्धार्थ तामाङ दोस्रो, हिमाल विष्ट र विशाल मलिक तेस्रो भए भने गल्र्स सिंगलमा अन्जली ठाकुर प्रथम, प्रकृति राना दोस्रो, प्रयाश्का राई र सुलेखा ठाकुर तेस्रो भईन् । ब्वाईज सिंगल र गल्र्स सिंगल (१५ वर्ष मूनिका) प्रथमले ट्रफि र मेडलसहित नगद १०/१० हजार, दोश्रोले ट्रफि र मेडलसहित ५/५ हजार र तेश्रो हुने दुईजनाले ट्रफि र मेडलसहित २५/२५ सय रुपैयाँ पाए ।

प्रतियोगितामा काठमाडौं, वुटवल, मोरङ र सुनसरीका ७८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको कवर्ड हलमा सम्पन्न भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap