पुष २१। हङकङले आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणलाई मध्यनजर गर्दै हङकङले आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो ।

द्रूत गतिमा ओमिक्रोन भेरियन्टका केस बढ्न सक्ने भन्दै हङकङले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा बढेकाले हवाई उडान बन्द गर्नुपरेको हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएईन।ओमिक्रोन संक्रमण नियन्त्रणका लागि हङकङले एक वर्षयताकै सबैभन्दा कडा रुपमा सतर्कता अपनाइरहेको छ।हवाई उडानबाहेक हङकङले साँझ ६ बजेपछि रेस्टुरा‚ बार‚ जिमखाना‚ सभा-सम्मेलन लगायतका कार्यक्रममा समेत प्रतिबन्ध लगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x