धरान । सुनसरीको इटहरीमा बिहीवार विहान मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ बस्ने २४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

९बिहीबार० विहान इटहरी ६ स्थित ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, वतन नखुलेको अन्दाजी २७र२८ वर्षीय युवकको हत्यामा संलग्नलाई पक्राउ गरिएको हो ।

हेर्दा मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको पहिचान हुन नसकेपनि दाहिने हातको नाडीमा दुःखी राई लेखिएको थियो । मृतक युवाको टाउको, अनुहारमा भारी बस्तुले प्रहार भएको देखेपछि उक्त घटनामा प्रहरीले सक्रियता देखाएको थियो ।

खोज तलास गर्ने क्रममा उनलाई इटहरी ६ स्थित धरान होटल ऐण्ड सेकुवा कर्नरको छेउमा बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अर्जुन केसीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x