सुनसरी (तेजबहादुर बन)करीब ९ महिनाको लक डाउन र कोरोना भाइरसको सन्त्रासका कारण ठप्प बनेको पर्यटकिय क्षेत्रहरू अहिले भरिभराउ देखिन थालेका छन । कोरोना कहर हराउदै गएपछि जिल्लामा रहेका अधिकांस पर्यटकिय स्थलहरूमा अहिले बनभोज आउने आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको पाइन्छ ।

सुनसरीको इटहरीस्थित तालतलैयामा गत शनिबार एकै दिन १२७ ग्रुप बनभोजका लागि आएको बताइएको छ । सो क्षेत्रमा एकै दिन ५ लाख सम्मको कारोबार भएको त्यहास्थित संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बुले बताए ।

कोरोना कहर बिच अन्य पर्यटकिय क्षेत्र ठप्प रहदा तालतलैयाले भौतिक संरचनाहरू निर्माण गरि बाल उद्यानलाइ चिटिक्क बनाइ पर्यटकहरूकालागि आकर्षक संरचना निर्माणमा ध्यान दिएको थीयो फलस्वोरूप लकडाउनको अन्त्य संगै सुरू भएको जाडो मौसममा बनभोज आउने पर्यटकहरूको लागि पहिलो रोजाइ तालतलैया बनिने गरेको अध्यक्ष लिम्बुको भनाइ छ ।

त्यस्तै सुनसरीको रामधुनी नगरपालीका स्थित राष्ट्रिय सम्मानित ताल (रास ताल) मा पनि अहिले आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको पाइएको छ । कोरोना सन्त्रासका कारण फाट्टफुट्ट मात्र पर्यटक भित्रिने रास ताल क्षेत्रमा हाल बनभोज तथा सेल्फि खिच्नकै लागि भनेर मात्रै आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको हो ।

कोरोना कहर र लकडाउन अन्त्य भएसंगै रास तालमा प्रवेस शुल्क र स्पट शुल्क सबै निशुल्क गरेपछि हाल सो क्षेत्रमा पर्यटकहरूको घुइचो लागेको उक्त ताल अन्तरगत संरक्षण समितिका सचिव बिकास राइले बताए । सो क्षेत्रमा गत शनिबार मात्रै १०९ ग्रप बनभोजको लागि आएको बताइएको छ । प्रवेश शुल्क र स्पट शुल्क नलिएपनि ताल आसपास सञ्चालन गरिएको डुंगाबाट भने रू ३० हजारको कारोबार भएको सचिव राइले बताए । बिशेस गरि राइहरूको शाकेला , चण्डी नृत्य लगायत हिनदु संस्कार संग जोडिएका मौलिक तथा धार्मिक क्षेत्र भएकै कारण पनि रास तालमा आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको सचिव राइको भनाइ छ । सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको रास ताललाई राष्ट्रिय विभुतीबाट सम्मानित किरात लिपी प्रवर्द्धक इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ ।उक्त क्षेत्रको करीब ४४ बिगाहा मात्रै पानीको रमणिय तालले ओगटेको र सोहि तालको अवलोकन गर्नकै लागि भएनि आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको बताइएको छ ।

त्यस्तै रामधुनि नगरपालीका वार्ड नं ६मा रहेको शंकरबेली सिमसार क्षेत्रमा पनि हाल आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको पाइएको छ । एक त जाडो मौसम त्यसमा पनि बन भोज आउने समय भएकै कारण यस क्षेत्रमा पनि आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको पायएको छ । यस क्षेत्रमा रहेको काठबाट निर्मित हाउडे पुल , चारैतिर फैलिएको सिमसार र हालै निर्माण गरिएको सेल्फि डाडाको अवलोकन गर्नकै लागि भएपनि आन्तरिक पर्यटकहरूको घुइचो लागेको संरक्षण समितिले जनाएको छ । बिगतको वर्ष भन्दा यो वर्ष सो क्षेत्रमा पर्यटकहरू कम आएपनि गत शनिबार मात्रै ६७ ग्रुप बन भोजका लागि सो स्थानमा आएको बुझिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap