पुष १४। हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय बुधबार बन्द गरिएको छ।हेटौंडा क्षेत्रमा अत्याधिक चिसो बढेसँगै उपमहानगरपालिका अन्तर्गत्‌को शिक्षा विकास महाशाखाले सूचना जारी गरी विद्यालय बन्द हुने जानकारी दिएको हो ।

सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले अत्याधिक चिसो बढेको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार विद्यालय बन्द गर्न भनिएको बताइएको छ।

हेटौंडामा मंगलबार रातिदेखि नै वर्षा भइरहदा हेटौंडाका सामुदायिक तथा निजी सबै विद्यालय बन्द भएका छन्। कोरोनाको नयाँ भेरियन्टसँगै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असर हेरेर विद्यालय बन्द गरेको मेयर हरिबहादुर महतले बताए। बिहीबार भने मौसम हेरेर मात्र विद्यालय सुचारु गर्ने वा नगर्ने निर्णयमा पुगिने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x