कास्की, मंसिर १४ गते । सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बसको दुर्घटना भएकोछ । मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ भने ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ ब जेर५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

डीएस्पी तिवारीका अनुसार एकजना यात्रु बसले किचिएको अवस्थामा फेला परेको र तत्कालै हेभी इक्विपमेन्ट नभएकाले अहिले उनलाई जमिन खनेर निकाल्ने प्रयास भइरहेको छ । बसले किचिएका व्यक्तिको अवस्था क्षतविक्षत रहेकाले जीवितै उद्धार गर्न सकिने अवस्था भने नरहेको बताइएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x