धरान, १२ कार्तिक ।  सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि पर्न सफल भएको छ ।उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाल आठौं नम्बरमा परेकोछ।विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको हो।

उत्कृष्ट १०को सूचीमा पहिलो नम्बरमा कुक आइल्याण्ड रहेकोछ ।त्यस्तै,दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा रहेका छन् ।

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको अवस्थामा लोन्ली प्लानेटको सूचीमा नेपाल पनि उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x