धरान, १२ कार्तिक ।  धरान १३ स्थित कृषि थोक बजारले देशभरिका ११ वटा थोक बजारमध्ये उत्कृष्ट हुँदै प्रथम पुरस्कार हात पारेको छ।कृषि तथ पशुपंक्षी विकास मन्त्रालयले धरानको कृषि उपज थोक बजार व्यवथापन समितिलाई यो बर्षको पनि प्रथम घोषणा गरेको हो ।
यो बर्ष पनि प्रथम पुरस्कार हात पारे सङ्गै,धरान कृषि थोक बजार आठौं पटक उत्कृष्ट हुन सफल भएको हो।

२०७५ यता धरानको कृषि बजार लगातार प्रथम हुँदै आएको छ । विश्व खाद्य दिवसको अवसर पारेर मन्त्रालयले हरेक बर्ष उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बिहिबार काठमाण्डौंमा पुरस्कार ग्रहण गरे। पुरस्कार वापत प्रमाण पत्र र नगद १० हजार रहेको भट्टराईले जनाएकाछन् । प्रथम भएवापत मन्त्रालयबाट आगामी बर्ष बजारस्थललाई कुनै एक योजनामा बजेट विनियोजनमा प्राथमिकता दिने पनि भट्टराईले बताए ।

‘प्रथम भएको थोक बजारलाई बजेट विनियोजनमा आगामी बर्षलाई पहिलो प्राथमिकता दिन्छ,’उनले भने । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्थालगायतको अनुगमन र मुल्यांकन गरेर बर्षेनी थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x