धरान । कोरोना संक्रमण रोकथाम गर्न १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा पनि १४ दिन लाग्ने भएकाले सो निर्णय गरिएको हो ।

जसअनुसार पहाडी तथा हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्नसक्ने र काठमाडौँ उपत्यका लगायत तराई क्षेत्रमा ५ सय भन्दा बढी नयाँ संक्रमण देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सोही आदेश जारी गर्न सक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यका बाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । news from reportersnepa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap