धरान । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डे र इयाज अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका(१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका(२ का ३३ वर्षीय साकिर अलि पाखियालाई प्रहरीले पक्राउ गरेको हो।

दुबैलाई कपिलवस्तु प्रहरीको विशेष अनुसन्धान टोलीले बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। जेठ ५ गते राति ११ बजे कपिलवस्तु(१ आनन्दबागका ३४ वर्षीय पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरीका २६ वर्षीय मसलमानलाई मोटरसाइकलमा आएका तीन जनालाई गोली हानेका थिए।

घाइतेमध्ये पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। भण्डारीका अनुसार यादवको योजनाअनुसार उनीहरूलाई गोली हानिएको अनुसन्धानबाट पत्ता लागेको छ। पाण्डे खोलानालाबाट ढुंगागिट्टी संकलन गरी बिक्री(वितरणमा संलग्न छन्। लु९प ८५२१ नम्बरको मोटरसाइकलमा सवार पाण्डे र मुसलमानलाई पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरिएको थियो।

लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट गोली हानेका थिए। उक्त मोटरसाइकल यादव आफैंले चलाएका थिए। गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलको सबैभन्दा पछाडि सवार थिए। प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलाएको छैन। ‘उनको खोजी भइरहेको छ, गोली हान्नुको कारण आपसी दुश्मनी रहेको बुझिएको छ,’ डिएसपी भण्डारीले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x