धरान । धरानमा हरेक बर्ष हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता गोधुली कप यही फागुन २२ बाट हुने भएको छ ।

गोधुली युवा क्लब धरान–१७ को आयोजनामा प्रत्येक वर्ष हुँदै आएको गोधुली कपको २१ औं संस्करण चैत्र ७ गतेसम्म प्रस्ताबित क्षेत्रीय धरान रंगशालामा हुनेछ । क्लबका अध्यक्ष देशकुमार राईका जानकारी अनुसार कोरोना भाइरसको प्रकोपका कारण यसवर्ष गोधुली कप फुटबल प्रतियोगिता केही समय ढिला हुन भएको भएपनि प्रतियोगीतालाई सुधारिएको बताए ।

यसपटकको प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद रु १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टिमलाई ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गरिने क्लब अध्यक्ष राईले बताए ।

त्यस्तै गरी व्यक्तिगत पुरस्कार तर्फ फाइनल खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फरवार्ड, राईजिङ प्लेयरलाई जनही ट्रफि र नगद ५ हजार ५ सय प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।

त्यस्तैगरी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई ७ हजार ५ सय, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र फेयर प्ले टिमलाई ट्रफि प्रदान गरिने छ ।

गतवर्ष गोधुली कप फुटवल प्रतियोगिताको उपाधी धरान १७ ले जितेको थियो भने उपविजेता धरान–१६ भएको थियो । क्लबले यसपटकको प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा धरानका १९ बटै बडाहरुले सहभागिता जनाउने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap