धरान, २३ कार्तिक। भारतमा नेपाली भाषीले महत्वपूर्ण अवसर र सम्मानहरु पाइरहेका छन्।नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाली भाषीले महत्व पाएको मानिएको हो।भारतको सत्तारुढ भारतीय जनता पार्टीमा नेपाली भाषीहरुको आकर्षण जति बढेको छ त्योसँगै अवसर पनि पाइएको छ।

भाजपाका महत्वपूर्ण पदहरुमा नेपाली भाषीले अवसर पाउन थालेका छन् । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक संघमा पनि नेपाली भाषी महत्वपूर्ण जिम्मेवारीमा रहेकाछन् ।

नेपाली भाषीले मोदी युगमा महत्वपूर्ण सम्मानहरु पाउन थालिरहेका छन्। भारतको चौंथो ठूलो पदक मानिएको पद्मश्री पाउने नेपाली भाषीको संख्या बढ्न थालेको छ।सन् २०२० र २०२१ को पद्मश्री यसपटक एकैचोटि प्रदान गरिएको छ जसमा तीनजना नेपाली भाषी पनि परेका छन् । नेपालका एकजना साहित्यकार र दुईजना खेलाडीले पद्मश्री सम्माअन पाएका छन् ।सम्मान पाउनेहरुमा लीलबहादुर क्षेत्री, जीतु राई र तरुणदीप राई छन् ।भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा पद्मश्रीले सम्मान गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x