धरान, २३ कार्तिक। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय सरकारले गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो।उक्त बैठकमा ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरिएको हो ।

बैठकले प्रदेश १ मा पर्शुराम खापुङलाई सिफारिस गरेकोछ भने कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।प्रदेश १का लागि मन्त्री खापुङ जनता समाजवादी पार्टीबाट र कर्णालीका मन्त्री परियार माओवादी केन्द्रबाट नियुक्त भएको स्रोतले बताएकोछ भने सुदूरपश्चिमका लगि मन्त्री जोशी कांग्रेसका पूर्व सांसद हुन् ।

यसअघि भने प्रदेश १ मा सोमनाथ अधिकारी प्रदेश प्रमुख थिए। कर्णालीमा गोविन्द कलौनी भएसङ्गै सुदूरपश्चिममा भने गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x