इटहरी (तेजबहादुर बन) रानी–विराटनगर–इटहरी–धरान व्यापारिक सडक विस्तार आयोजना अन्तरगत ६ लेन राजमार्गले निर्माणमा गति लिइरहदा सुनसरीको तिन शहरहरू बाधक बनेको छ । सुनसरीको इटहरी , धरान र दुहबी शहर परियोजनाकालागि सबैभन्दा घाडो बनिदिएको छ । दुहबीमा सर्वाेच्च अदालतले जग्गाको मुआब्जा नदिने तर घरहरूको क्षतिपुर्ति दिने सर्तमा सडक क्षेत्र बिस्तार गर्न आदेश दिएपनि स्थानीयहरूले अवरोध गर्दै आएका छन भने इटहरीमा अदालतको दोश्रो आदेशले काम रोक्का गरिएदिएको छ । त्यसैगरी सुनसरीकै धरानमा राजमार्ग कताबाट पास गराउने बिषय नै अन्यौलमा परेको छ । सुनसरीको दुहबीमा स्थानीयहरूले जबरजस्ति घरहरू भत्काए ज्यान तल माथी पर्ने सम्मको चेतावनि दिएपछि त्यस क्षेत्रको काम पनि तत्काललाइ स्थकित गरिएको छ ।

इटहरीमा गत महिना सर्वाेच्च अदालतले जग्गाको मुआब्जा नदि संरचनाहरू नहटाउनु भनि आन्तरिम आदेश जारी गरेपछि इटहरीमा आयोजनाको कामहरू रोकिएको छ ।

यस अघि सर्वदलिय बैठक बसि एक साता भित्र सडक क्षेत्र मिचेर बनेका घर टहराहरू भत्काउन इटहरी उपमहानगरले सार्वजनिक सुचना जारी गरेको थीयो । तर इटहरीका घरधनिहरूले त्यो भन्दा अघाडी नै सर्वाेच्चमा रिट दायर गरेकोमा अदालतले जमिन सहितको मुआब्जा दिन भनेपछि परियोजना नै अलमलमा परेको छ । यस अघि सर्वाेच्च अदालतले नै सडक क्षेत्र मिचेर बनेका संरचनाहरू हटाउन भनि राजपत्रमा सुचना समेत प्रकासन गरेको थीयो । तर पुन इटहरी बिराटनगर रोडका घर धनिहरूले सर्वाेच्चमा जग्गाको पनि उचित क्षतिपुर्ति माग गर्दै रिट दायर गरेपछि अदालतले घरधनिहरूकै पक्षमा निर्णय गरि पठाएपछि ६ लेन परियोजनाको काम रोकिएको हो ।

परियोजनाका प्रमुख बद्री शर्माका अनुसार काम तिब्र रूपले अघि बढिरहदा अदालतको आदेश बाधक बनिदिएको बताउनुभयो । उहाले जगगाको पनि क्षतिपुर्ति उपलब्ध गराउन भनि अदालतको आदेशले परियोजना नै अलमल्लमा परेको बताउनुभयो ।सडक विस्तार आयोजना इटहरीले इटहरी देखि तरहरा सम्मका १२७ वटा घरमा क्षती पुगेको भन्दै ती घरहरुलाई क्षतीपूर्ती दिन सम्बन्धीत विभागमा सिफारिस गरिसकेको छ । यहि प्रकृिया अन्तरगत कामले निरन्तरता पाए इटहरीको बिराटनगर लाइनमा अवस्थित ५५ भन्दा बढी घरहरू भत्कने भएका छन ।

यता इटहरीका मेयर द्वारिकलाल चौधरीले पनि तत्काल के गर्ने यो बिषयमा अर्काे बैठक बसेर निर्णय निकाल्ने बताए । अहिले सडकको संरचना हटाउने भन्दा पनि अदालतको आदेशलाइ कार्यानवयन कसरी गर्ने भन्ने बिषयले दोधार भएको मेयर चौधरीको भनाइ छ । यता तोकिएको समयमै सडक निर्माणले सार्थकता नपाउदा इटहरी अर्काे समस्यामा फसेको छ । एक त दैनिक साघुरो बनेको सडक त्यसमा पनि पार्किङ अभाव चर्किएपछि शहरको स्वरूप नै बिग्रदै गएको छ ।

बढदो सवारी चापका कारण दैनिक पैदल यात्री एवम सर्वसाधरणहरू धुलो र धुवाको शिकार बनिन पुगेका छन भने स्वास्थ्यमा पनि प्रत्यक्ष असर परिरहेको पाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x