Month: May 2021

बराहक्षेत्रकोमा रहेको कुण्डको पुन निर्माण सूरु

वराहक्षेत्र (संगम बिष्ट)।  सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पूर्ण निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्प त्यसपछि हरेक…

संक्रमितको अवस्था बुझ्न कांग्रेसको टोली आइसोलेशनमा

वराहक्षेत्र (संगम बिष्ट)। वराहक्षेत्रमा नेपाली कांग्रेसको टोली संक्रमितको स्वास्थ्य अवस्था बुझ्न पौष्टिक तत्ब बोकेर आइसोलेशन पुगेको छ । यस अगाडि…

लकडाउन उल्लङ्घन गर्नेहरूलाई कारबाही हुन्छ : धरान प्रहरी

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको पालना नगरी उल्लङ्घन गर्नेहरूलाई कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८ मा भएको…

सरकारले खुल्ला सिमाको सवालमा कुनै योजना नल्याउने हो भने लकडाउनको औचित्य नरहने : सं.लि.म नेपाल

धरान । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरीले तीनै तहको सरकारलाई लकडाउनको समय सिमा थप गरे सँगै जनताको आवश्यकतामा ध्यान दिएर…

सुनसरीमा गणतन्त्र दिवसको अवसरमा ३२ जना कैदी रिहा

धरान । सुनसरीको रामधुनी स्थित झुम्का कारागारबाट गणतन्त्र दिवसको अवसरमा ३२ जना कैदी रिहा भएका छन् । विभिन्न मुद्दामा कैद…

१४ औं गणतन्त्र दिवसको अवसर पारेर धरानको भानुचौकमा साँझ दीप प्रज्ज्वलन

धरान । नेकपा एमाले निकट भातृ संस्थाहरूले १४ औं गणतन्त्र दिवसको अवसर पारेर धरानको भानुचौकमा साँझ दीप प्रज्ज्वलन गरेको छ…

सस्तो र कमसल साहित्यले यति धेरै हल्ला गरिरहेको छ कि सक्कली साहित्य हराउनु थालेको छ – चन्द्र गुरुङ

माझ गाउँ,मान्बु, गोरखा जिल्लामा जन्मनु  भएका कवि चन्द्र गुरुङ समकालीन नेपाली  साहित्य क्षेत्रको एक सशक्त  कवि हुन । उहाँको पहिलो कविता संग्रह  ”उसको मुटुभित्र देशको नक्सा नै थिएन”  २०६४ मा   प्रकाशन भएको थियो भने दोस्रो  कविता संग्रह  ” माइ फादरस फेस ”  अङ्ग्रेजी भाषामा नेपाल भन्दा बाहिरबाट २०७७ सालमा प्रकाशन भएको छ । कवि गुरुङले  कविता लेखन मात्र नभै भारतीय, अङ्ग्रेजी र अरबी कविहरुका कविता  पनि नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उनै कवि गुरुङसँग एभरेष्ट डेलिले गरेको कुराकानी प्रस्तुत गरिएको छ : चन्द्र गुरुङ  १ ) लकडाउनको समय कसरी के  गरेर कटाँउदै  हुनुहुन्छ ?  म कविताको आकासमा रमाउने पंक्षी हूँ । यस लकडाउनमा नयाँ कविताहरू रच्दैछु । केही पुराना कविताहरूको मर्मतसम्भार चल्दैछ । र, थुप्रै कविताहरूको भाषानुवाद पनि गर्दैछु । भन्नै पर्दा म तेस्रो कविताकृतिको तयारी पनि गर्दै छु । २ )  लेखन यात्रा कहिले देखि थाल्नु भयो ? के कुराबाट प्रभावित हुनु भयो ? कहाँबाट प्रेरणा पाउनु भयो र साहित्य लेखन तर्फ लाग्नु भयो ?  सानै उमेरदेखि किताबहरूप्रति विशेष आकर्षण रह्यो । किताबलाई कभर लगाएर अलमारीमा सजाएर राख्थेँ । किताबले एकप्रकारको आनन्द दिन्थ्यो । सायद यसरी किताबप्रति माया बढदै गयो । किताब पढने बानीले नै लेखनप्रति रहर जगाएको हुुनुपर्छ । मेरो लागि किताब, मात्रै एक्लोपनको समय बिताउने उपाय नभई, अर्को दुनिया चियाउने झ्याल पनि भयो । सात कक्षामा पढदै गर्दा चङ्गाबारे पहिलो कविता लेखेको थिएँ । स्कूलको अन्तिम दिनमा पनि बिदाई कार्यक्रममा आफैले रचेको कविता सुनाएको याद छ । तर स्कूल छुटेपछि लेख्ने र पढने वातावरण बनेन । पछि रोजगारको सिलसिलामा देश छोडेर गएँ । त्यसबेला देश र घरपरिवारको याद आइरहने । जसले मलाई फुर्सदमा लेख्न प्रेरित गर्यो । तब मेरो उमेरले तीस नाँघिसकेको थियो ।  यसकारण म सक्रिय लेखनमा ढिलो आएँ ।   ३ ) तपाइ बिशेष गरेर कस्तो किसिमको कविता लेख्न रुचाउनु हुन्छ ? किन ? आफैले लेखेको हरेक लेखसँग सन्तुष्ट हुनुहुन्छ ?  खासमा सामाजिक र जीवनवादी विषयमा सरल शब्द र गहन भावमा कविता लेख्न मनपराउँछु । यस्ता कविताहरू जसमा मैले बाँचेको समाज र समयको अनुहार छर्लङ्ग देखियोस् । हाम्रो चारैतिर अनेकथरीका विकृति  र विसङ्गतिहरू चुनौती या समस्याका रुपमा उभिएका छन् । यी समस्याहरूको सम्बन्ध कतै न कतै देशको राजनीतिसित गाँसिएको छ । अनुशासनहीन र कुसंस्कारग्रस्त राजनीतिले देशको शासन चलाइरहेको समयमा पाठक र आम जनताले कविताबाट यी समस्याहरूको समाधानको आसा गर्छन् । म कवितामा यही लेख्न चाहन्छु । आफैले लेखेको हरेक लेखसँग कदापि सन्तुष्ट हुन सकिन्न । देशविदेशतिरका कविताहरू पढछु । थुप्रै कविताहरू बेग्लै स्वाद र विषयमा लेखिएका हुन्छन् । यी रचनाहरूको प्रभावले जीवनदृष्टि फेरिँदै जान सक्छ । कविताबारेको चिन्ता, चिन्तन र विचार पनि फेरिँदै जान्छ । यसकारण कुनै समयमा लेखेको आफ्नै सिर्जनाले पनि सधैँ सन्तुष्टी दिइरहन्छ भन्ने छैन ।   ४ ) तपाइको दोस्रो कविता संग्रह  माइ फादर फेस (My Father face) नेपाली बजारमा  पाँउदैन नि ? किन ? मूल नेपाली कविताहरूको अङग्रेजी अनुवाद भारतमा छापिएको हो । अब नेपाली पाठकको लागि नेपाली भाषामै ल्याउने ईच्छा छ । प्रकाशकसित कुरा पनि भइरहेको थियो तर मेरो छोटो बिदा र कोरोनाले निम्त्याएको यस लकडाउनले गर्दा समयमै ल्याउन पाइएन । तर छिटो भन्दा छिटो यो कृति नेपाली बजारमा आउने छ । …

जारी बर्षा सोमबारसम्म निरन्तर रहने

धरान। यास् चक्रवातको प्रभावले देशका अधिकांश भागमा भइरहेको लगातारको वर्षा सोमबारसम्म निरन्तर रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…