धरान, ११ कार्तिक । बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त भएसङ्गै मुख्यमन्त्री पदको गोपनियताको शपथ पनि लिएका छन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै,कृष्णप्रसाद खनालले आन्तरिक मामिलाको, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् ।सबै नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिए लगतै पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित (४ वटा दलको समर्थनमा)मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित नै भएको जनाइएको थियो।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको गरि ५९ जना सांसदहरुको समर्थन रहेको थियो।पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x