Category: साहित्य/विचार

धरानमा प्रधानमन्त्री आउँदा कस्ता खालका टिकाटिप्पणी भए ? खुसी थिए त सबै धराने ?(भिडियोसहित)

पुष २१।  (✒सारादा श्रेष्ठ ) धरानमा पुष २० गते प्रत्येक वर्ष धरान स्थापना दिवस मनाइने गरिन्छ।यस दिन धरानामा सार्वजनिक बिदा…

धरानमा चारतारे झण्डा देख्दा टाउको दुख्नेहरुले सिटामोल खानु

पुष २०।(✒रोहित कुलुङ राई) प्रधानमन्त्रीको गरिमा मै अर्धज्ञान भएकोप्रती सिटामोल खान सुझाव स्वरुप दुई शब्द खर्च गरे। विगत झै यसबर्ष…

कविता : “पार्थक्य”

✒अद्रिअनो दिनु थापा यस्तै रातहरु थिए, ताराहरु अनि अनिधा आँखाहरु…उर्लिएर पोखिनलाई आतुर मनभरिका बातहरु……….।साथमा सजाएका सुन्दर सपना र भविष्यका कल्पनाहरु,दुई…

विद्यालय भर्नामा अभिभावकहरुको अलमल

✒लोकराज निरौला, विश्व ब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस संक्रमणको कारण कुनै विशेष एक दुई देश होइन विश्वकै आर्थिक, सामाजिक,…

नेपाली समाजको विभिन्नतालाई केन्द्रमा राखेर साहित्य सिर्जना भएको छैन – प्रकाश दिप्साली राई

भोजपुर जिल्लामा जन्मनु भएका कवि प्रकाश दिप्शाली समकालीन नेपाली साहित्य एक परिचित नाम हो । उहाँको कविता संग्रह ” घायल…

आर्थीक संकटले धरानका अखबार धमाधम बन्द, पत्रकार भए बेरोजगार

धरान(संजीता धमला)। कोरोना महामारीको प्रत्यक्ष असरले अन्य सबै क्षेत्रमा झैँ पत्रकारितता क्षेत्रलाई पनि नराम्ररी गा“जेको छ । अझ मोफसलमा बसेर…

भगवान सँग मेरो प्रार्थना छ की नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाोस्

केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो सेतो लुगा भित्र कालो मन। मैंले अचम्म मान्दै के बुक हो? भनी…

सस्तो र कमसल साहित्यले यति धेरै हल्ला गरिरहेको छ कि सक्कली साहित्य हराउनु थालेको छ – चन्द्र गुरुङ

माझ गाउँ,मान्बु, गोरखा जिल्लामा जन्मनु  भएका कवि चन्द्र गुरुङ समकालीन नेपाली  साहित्य क्षेत्रको एक सशक्त  कवि हुन । उहाँको पहिलो कविता संग्रह  ”उसको मुटुभित्र देशको नक्सा नै थिएन”  २०६४ मा   प्रकाशन भएको थियो भने दोस्रो  कविता संग्रह  ” माइ फादरस फेस ”  अङ्ग्रेजी भाषामा नेपाल भन्दा बाहिरबाट २०७७ सालमा प्रकाशन भएको छ । कवि गुरुङले  कविता लेखन मात्र नभै भारतीय, अङ्ग्रेजी र अरबी कविहरुका कविता  पनि नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उनै कवि गुरुङसँग एभरेष्ट डेलिले गरेको कुराकानी प्रस्तुत गरिएको छ : चन्द्र गुरुङ  १ ) लकडाउनको समय कसरी के  गरेर कटाँउदै  हुनुहुन्छ ?  म कविताको आकासमा रमाउने पंक्षी हूँ । यस लकडाउनमा नयाँ कविताहरू रच्दैछु । केही पुराना कविताहरूको मर्मतसम्भार चल्दैछ । र, थुप्रै कविताहरूको भाषानुवाद पनि गर्दैछु । भन्नै पर्दा म तेस्रो कविताकृतिको तयारी पनि गर्दै छु । २ )  लेखन यात्रा कहिले देखि थाल्नु भयो ? के कुराबाट प्रभावित हुनु भयो ? कहाँबाट प्रेरणा पाउनु भयो र साहित्य लेखन तर्फ लाग्नु भयो ?  सानै उमेरदेखि किताबहरूप्रति विशेष आकर्षण रह्यो । किताबलाई कभर लगाएर अलमारीमा सजाएर राख्थेँ । किताबले एकप्रकारको आनन्द दिन्थ्यो । सायद यसरी किताबप्रति माया बढदै गयो । किताब पढने बानीले नै लेखनप्रति रहर जगाएको हुुनुपर्छ । मेरो लागि किताब, मात्रै एक्लोपनको समय बिताउने उपाय नभई, अर्को दुनिया चियाउने झ्याल पनि भयो । सात कक्षामा पढदै गर्दा चङ्गाबारे पहिलो कविता लेखेको थिएँ । स्कूलको अन्तिम दिनमा पनि बिदाई कार्यक्रममा आफैले रचेको कविता सुनाएको याद छ । तर स्कूल छुटेपछि लेख्ने र पढने वातावरण बनेन । पछि रोजगारको सिलसिलामा देश छोडेर गएँ । त्यसबेला देश र घरपरिवारको याद आइरहने । जसले मलाई फुर्सदमा लेख्न प्रेरित गर्यो । तब मेरो उमेरले तीस नाँघिसकेको थियो ।  यसकारण म सक्रिय लेखनमा ढिलो आएँ ।   ३ ) तपाइ बिशेष गरेर कस्तो किसिमको कविता लेख्न रुचाउनु हुन्छ ? किन ? आफैले लेखेको हरेक लेखसँग सन्तुष्ट हुनुहुन्छ ?  खासमा सामाजिक र जीवनवादी विषयमा सरल शब्द र गहन भावमा कविता लेख्न मनपराउँछु । यस्ता कविताहरू जसमा मैले बाँचेको समाज र समयको अनुहार छर्लङ्ग देखियोस् । हाम्रो चारैतिर अनेकथरीका विकृति  र विसङ्गतिहरू चुनौती या समस्याका रुपमा उभिएका छन् । यी समस्याहरूको सम्बन्ध कतै न कतै देशको राजनीतिसित गाँसिएको छ । अनुशासनहीन र कुसंस्कारग्रस्त राजनीतिले देशको शासन चलाइरहेको समयमा पाठक र आम जनताले कविताबाट यी समस्याहरूको समाधानको आसा गर्छन् । म कवितामा यही लेख्न चाहन्छु । आफैले लेखेको हरेक लेखसँग कदापि सन्तुष्ट हुन सकिन्न । देशविदेशतिरका कविताहरू पढछु । थुप्रै कविताहरू बेग्लै स्वाद र विषयमा लेखिएका हुन्छन् । यी रचनाहरूको प्रभावले जीवनदृष्टि फेरिँदै जान सक्छ । कविताबारेको चिन्ता, चिन्तन र विचार पनि फेरिँदै जान्छ । यसकारण कुनै समयमा लेखेको आफ्नै सिर्जनाले पनि सधैँ सन्तुष्टी दिइरहन्छ भन्ने छैन ।   ४ ) तपाइको दोस्रो कविता संग्रह  माइ फादर फेस (My Father face) नेपाली बजारमा  पाँउदैन नि ? किन ? मूल नेपाली कविताहरूको अङग्रेजी अनुवाद भारतमा छापिएको हो । अब नेपाली पाठकको लागि नेपाली भाषामै ल्याउने ईच्छा छ । प्रकाशकसित कुरा पनि भइरहेको थियो तर मेरो छोटो बिदा र कोरोनाले निम्त्याएको यस लकडाउनले गर्दा समयमै ल्याउन पाइएन । तर छिटो भन्दा छिटो यो कृति नेपाली बजारमा आउने छ । …