इटहरी (तेजबहादुर बन) सुनसरीको इटहरी उपमहानगर २० तरहरा स्थित युवा मिलन क्लबलाइ भवन तथा भौतिक संरचना निर्माणका लागि हङकङमा रहेका सोहि क्लबका सदस्य एवम पूर्व फुटबल खेलाडी चन्द्र बहादुर लिम्बुले रू ५५ हजार रकम प्रदान गरेका छन ।

मंगलबार क्लबकै प्राङगणमा आयोजित एक कार्यक्रम बिच सो रकम हस्तानतरण गरिएको हो । चन्द्र बहादुर लिम्बुको तर्फबाट उनको बाबा हस्त राज लिम्बुले उक्त रकम हस्तानतरण गरेका हुन ।द्दघरकम लिदै युवा मिलन क्लबका अध्यक्ष जिवन गिरीले सहयोगि हातहरू प्रति धन्यवाद ब्यक्त गरेका थीए ।

तरहरा क्षेत्रकै सबै भन्दा पुरानो मानिएको युवा मिलन क्लब (थ्ःऋ) बेला बेलामा बिभिन्न सामाजिक कामहरूमा पनि त्यतिकै सकृिय रहदै आएको छ ।

त्यसैगरी सोहि क्लबका पूर्व सचिव रोहित भुजेलको स्वास्थ्य उपचारकालागि लिम्बु परिवारले रू २०००० ( बिस हजार) रकम सहयोग गरेका छन ।

भुजेल लामो समयदेखि अस्वस्थ रहि उपचार पछि केहि सुधार आएकोमा थप उपचारका निमित्त लिम्बु परिवारले रू २० हजार रकम सहयोग गरेका हुन ।रकम पाउपछि भुजेल परिवारले सहयोगि हातहरू प्रति स धन्यवाद प्रकट गरेका थीए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap